नियम १२१
मिसिल वा कागजपत्र मगाउने
नियम ११९ बमोजिमको निवेदनपत्र प्राप्त भएपश्चात नक्कल शाखाले सो निवेदनपत्रमा उल्लिखित मिसिल वा लिखत सम्बन्धित शाखाको शाखा प्रमुखसँग माग गर्नु पर्छ र सम्बन्धित शाखा प्रमुखले त्यसरी माग गरिएको मिसिल वा लिखत फेला परे सो र सो मिसिल वा लिखत फेला नपरे सोही ब्यहोराको जवाफ तुरुन्त नक्कल शाखामा पठाउनु पर्छ।